Breaking
Tue. Mar 10th, 2026

उपत्यकामा बसोबास गर्ने सुनखानी बासीका लागि वडा कार्यालयको सेवा शिविर सञ्चालन

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)

सुनकोशी साउन २६ गते सोमबार — सुनकोशी गाउँपालिका–५ सुनखानीबाट काठमाण्डौ उपत्यकामा बसोबास गर्ने सेवाग्राहीहरूको सहजताका लागि वडा कार्यालयले भक्तपुरमा विशेष सेवा शिविर सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण लगायत सम्पूर्ण प्रशासनिक कार्यहरू उक्त शिविरमार्फत गरिने छन्। सेवा २०८२ साल फागुन २९ र ३० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उपलब्ध हुनेछ।

शिविर भक्तपुर सुर्यविनायक चोकबाट गणेशस्थान मन्दिर जाने बाटोमा करिब २०० मिटर दूरीमा अवस्थित खजुरी पसल घरमा सञ्चालन हुनेछ।

वडा अध्यक्ष जाल बहादुर लामाले काठमाण्डौ उपत्यकामा रहेका सेवाग्राहीका लागि यस किसिमको मोबाइल सेवा शिविरले समय, खर्च र श्रम बचत हुने वर्षाको समयमा वाटोको अबस्था हेरेर गाँउमा सेवा लिन जान नसक्नेहरूको लागि यस्तो कार्य गर्न लागेको बताउनुभयो।
सचिव किरण खड्काका अनुसार सेवा दिने दिनमा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरिएको छ।
जानकारीका लागि वडा अध्यक्ष जाल बहादुर लामा (९८४३९३३२५१) वा सचिव किरण खड्का (९८४०२७२८०६) सँग सम्पर्क गर्न सकिनेछ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *