Breaking
Wed. Dec 10th, 2025

लिसंखुपाखरमा नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन

सुनकोशी समाचार

माघ २४ गते लिसंखुपाख,सिन्धुपाल्चोकको लिसंखुपाखरमा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ । पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

युवालाई सरकारी सेवा प्रवेशका लागि घरैमा बसेर गाउँमै तयारी गर्ने अवसर दिलाउन लोकसेवा कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । अध्यक्ष लामाले लोकसेवाको पाठ्यपुस्तक वितरण गर्दै कक्षालाई थप प्रभाबकारी र व्यवस्थित बनाउन निर्देशन र हौसला दिएका छन् । सरकारी सेवा प्रवेशमा पालिकाबासी युवालाई प्रोत्साहन गरिएको अध्यक्ष लामाले अनलाइन सरोकारसँग बताए ।

कक्षामा पालिका भित्रका ३३ जना सहभागी छन् ।
गाउँमै निःशुल्क लोकसेवा तयारी कक्षा सुरु भएपछि स्थानीय युवायुवती खुशी भएका छन् ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *