Breaking
Sat. Jan 17th, 2026

तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नगर प्रमुख बस्नेतबाट शुभकामना सहित बिधाई

सुनकोशी समाचार

माघ २४ गते बाह्रबिसे।।जैशिदेवल युवा क्लव काठमान्डौले आयोजनामा माघ २५ गते देखि २७ गते सम्म हुने चौथो बागमति प्रदेश स्तरीय मेयर कप तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत अग्रिम जितको शुभकामना सहित बिधाई गर्नु भएको छ।

नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमिति मार्फत बाह्रबिसे नगरपालिकाको प्रतिनिधित्व गरि प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको टिम कोच माधव बि.क र टिम मेनेजर कुमार बस्नेतको नेत्रित्वमा २३ के.जि देखि 54 के.जि समूह अन्तरगतका १६ खेलाडीले भाग लियका छन्।

माघ २५ देखि २७ गते सम्म ललितपुर स्थित सातदोबाटो नेपाल तेक्वान्दो संघको भवनमा हुनेछ।तिन दिन सम्म हुने प्रतियोगितामा बागमति प्रदेश भरिका महानगर पालिका,नगर पालिका र उप महानगर पालिकाका २० टिमले भाग लिने छन्।

कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले सफलता को कामना सहित पदक बिजेता खेलाडी हरुलाइ भ्रमण लाने खेल खेल्दा लागेको चोट पटकको समेत उपचार नगरले गर्ने सहभागी हुँदा लागेको खर्च समेत नगरले ब्यहोर्ने बताउदै तेक्वान्दो खेलको लागि जुनसुकै सहयोग गर्ने समेत प्रतिबद्ध रहेको जनाउनु भयो।

अनुसासित भए र खेल्नु बाह्रबिसे नगर र सिन्धुपाल्चोकको नाम राख्न सिन्धुपाल्चोकको लागि तेक्वान्दो खेल र खेलाडीलाई आफू सधै सयोग गर्ने र पदक बिजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले मुल्यांकन गरिने संघका अध्यक्ष तथा सिन्धुपाल्चोकका तेक्वान्दोका जन्म दाता पेम बहादुर भण्डारीले बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *