Breaking
Mon. Nov 10th, 2025

गाउँपालिका केन्द्रको बिषय नमिल्दा उपाध्यक्ष र वडा अध्यक्षबाट बैठक बहिस्कार 

सुनकोशी समाचार
माघ २९ सिन्धुपाल्चोक सुनकोशी कार्यपालिकाको निर्णय सच्याउन सुनकोशीको संघर्ष समिति आग्रह गरेको छ।सुनकोशी गाउपालिकाले पालिका केन्द्र तोकेर आफ्नो प्रशासकिय भवन बनाउन अझै सकेको छैन।।

माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बस्दै थियो।उक्त बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै ठसुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ र यो बिषय आजको गाउंसभामा मुख्य एजेन्डा हुँदै सकेसम्म छलफलबाटै निश्पक्ष ढंगले सुनखानिमै केन्द्र तोकि भवन बनाउन निर्णय गरियोस भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो।

सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठक बहिस्कार गरि निस्कियका थिय।

पालिका भवन सुनखनिमै बन्न पर्ने र भौगोलिक र सुनकोशीको बिच भाग नै सुनखानि भएकोले सुनखानि नै बन्नु पर्ने उपाध्यक्ष लामाको माग छ ।
समग्र सुनकोशीको बिकासका लागि सुनखानी हुनु पर्ने भन्दै संघर्ष समिति नै बनाएर नि शुल्क जग्गा मिलाएको पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले चुनाबको बेला पनि सुनखानि नै पालिका भवन बनाउने बाचा गरेकोले बाचा पूरा गर्ने बेला आएको वडा अध्यक्ष लामाले बताउनु भयो।

भुगोलको हिसाब र सुनकोशी ४ र ५ को बिकासका लागि सुनखानि नै बन्नु पर्ने सुनकोशी ४ का अध्यक्ष भोजलाल श्रेष्ठले बताउनु भयो।
सुनकोशी सरकारले भौगोलिक अबस्था ,असुरक्षित ,बिकट भन्दै सँधै ४ र ५ न वडा पछाडि परी अन्याय गरेको पार्टी भन्दा पनि माथि उठेर समग्र बिकासका लागि जस्तोसुकै परिस्थितिको सामान गर्ने सुनकोशी संघर्ष समितिका अध्यक्ष छिरीङ लामाले बताउनु भयो।
उक्त निर्णय सचिदैन भने पालिका संघर्ष समितिको निर्णय गरेर कुनै पनि कार्यक्रमहरू सुनखानिमा गर्न नदिने सुनकोशी ५ का संघर्ष समितिका अध्यक्ष कुमार बस्नेतले बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *