Breaking
Wed. Dec 10th, 2025

पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु – स्वास्थ्य मन्त्री बस्नेत

सुनकोशी समाचार
सिन्धुपाल्चोक, २२ माघ: स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुने बताउनु भएको छ ।
सिन्धुपाल्चोककाे जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकाेटमा आज साेमबार आयाेजित याङ्लाकाेट बृहत् २८६० ओैं डुक साेनाम ल्हाेसार कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील हुन सक्ने बुद्धि, विवेक र क्षमता पनि हुनुपर्ने भन्दै यहाँको स्थानीय विकासका लागि साझा हीतकाे भावना लिएर काम गर्ने बताउनु भएको हाे ।

म यहाँको पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु । जनप्रतिनिधिले आफू लाभ लिने हैन, जनताको समस्या समाधान गर्ने हाे, पदमा हुँदा या नहुँदा मैले विकास निर्माणका काम गरेको छु। विकास गर्छ भनेर अत्याधिक मत दिनु भयाे, गठबन्धन भएकोले माओवादी र समाजवादीले पनि मत दिनु भयाे, एमालेका पनि धेरैले मत दिए । त्याे विश्वासलाई मैले कायम गर्नुपर्छ ।” मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले नेताहरुकाे भजन गाउने भन्दा पनि जनताको भावना बाेल्ने काम स्थानीय कार्यकर्ताले थाल्नु पर्ने बताउनु हुँदै आफू काँग्रेसबाट जितेको जनप्रतिनिधि भएपनि कांग्रेसका मात्रै नभई सही कुरा र विकास निर्माणका कुरा सबै पार्टीका कार्यकर्ताहरुकाे कुरा सुन्छु भन्ने धारणा राख्नु भयाे ।
स्वास्थ्य क्षेत्रका गर्नुपर्ने सबै काम गर्छु भन्नुहुँदै मन्त्री बस्नेतले याङ्लाकाेटमा बर्थिङ्ग सेन्टरकाे ब्यवस्था यथाशीघ्र गर्ने बताउनु भयाे ।उहाँले अहिलेसम्म जलविरे, कुविन्डे भेगमा पर्याप्त विकास नहुनु, प्रदेशका याेजना पर्न नसक्नु दुखद कुरा भएको बताउनु भयाे ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले चाड पर्वले आपसी सम्बन्ध सुमधुर बनाउनड महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयाे । उहाँले राजनीतिक पार्टीको झण्डा र चिन्ह लिएर चुनाव लडेको भएपनि जनप्रतिनिधिहरुले ध्यान दिएर जनताको काम गर्नुपर्छ भन्ने धारणा राख्नु भयाे । जनताकाे विश्व र सहयाेगका कारण चुनाव जितेकाे हाे भन्दै जनताको दु:ख, पीडा र मर्मलाई भुल्नु नहुनेमा उहाँले जाेड दिनु भयाे ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *