सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)
सुनकोशी – सुनकोशी गाउँपालिकामा गाउँसभा हुन नसकेको कारणबारे ठूला राजनीतिक आरोप-प्रत्यारोप सतहमा आएका छन्। उपाध्यक्ष कान्छी लामाले पालिका अध्यक्षले छलफल हैन, दबाबको राजनीति गर्दै हुनुहुन्छ । गाउँसभा नहुनुको प्रमुख कारण ४ करोड ५६ लाख रुपैयाँको घाटा बजेट भएको बताउनु भएको छ।
उहाँकोध अनुसार, मैले निरन्तर गाउँपालिकामा उपस्थित भएर छलफलमार्फत समाधान खोज्ने प्रयास गरें तर अध्यक्षले कुनै पनि सहमति नगरी बहिरी प्रचारमा मात्रै केन्द्रित हुनु भयो। काँग्रेसको ध्यानाकर्षण १६ बुँदे विज्ञप्तिप्रतिमा पनि उहाँ गम्भीर देखिनु भएन।
काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूसमेत एक मतले घाटा बजेटले पालिकाको दिगोपन, पारदर्शिता र जवाफदेहितामा चुनौती भएको बताउँछन्।
पूर्व गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसीले आफ्नो पालामा भएको ट्याक्टर वितरणलाई अवैध भन्दै भुक्तानी रोकेका वर्तमान अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनामाथि अहिले उहीँ शैली दोहोर्याउँदै घाटाको बजेटलाई जबर्जस्ती पास गर्ने प्रयास गरिरहेको आरोप लगाइएको छ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले भने, कांग्रेसका निर्वाचित सदस्यहरू नै उपस्थित नभएकाले गाउँसभा हुन सकेन। पहिले नीति तथा कार्यक्रम पारित गरौँ, विवादित विषयहरू पछि छलफल गरौं।भन्ने सटिक जवाफ मात्र दियको देखिन्छ ।
तर उपाध्यक्ष लामाले अध्यक्षको भनाइलाई अस्वीकार गर्दै, “म सधैं गाउँपालिका बैठकमा उपस्थित हुन्छु, सहजीकरण गरिरहेको छु। अहिलेको विवाद अध्यक्षको एकल निर्णय र छलफल विना अघि बढ्ने प्रवृत्तिका कारण हो,भनेर जवाफ दिनुभएकोध छ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको १६ बुँदे ध्यानाकर्षण पत्र मार्फत पालिकाको आर्थिक अपारदर्शिता, कार्यशैलीमा मनपरी र कार्यपालिकाको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाइएको छ। उक्त पत्रपछि गाउँसभाको वातावरण अझै चर्किएको देखिन्छ।
राजनीतिक पूर्वाग्रह र संवादहीनता बीच सुनकोशी गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ। स्थानीय लोकतन्त्रको अभ्यासका लागि बजेट पारदर्शिता, दलहरूको सहकार्य र खुला संवाद अपरिहार्य देखिन्छ।
