सुनकोशी समाचार
षौष २१ शनिबार ।।सुनकोशी सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा न ५ सुनखानिले सुनखानि डाँडामा ४ जना बाट २/२ रोपनि गरि ८ रोपनी जग्गा नि-शुल्क उपलब्ध गराएको छ।
सुनकोशी ५ सुनखानि निबासी बिरबल तामाङ ,ईश्वर तामाङ ,स्याम तामाङले सुनकोशी गाँउपालिकाको प्रशाशकिय भवन बनाउन जग्गा उपलब्ध गराएका हुन्।
पालिका भवन सुनखानि बनाउन पर्ने माग सहित पटकपटक कुरा उठाउदै आएको र सुनकोशी ५ को वडा कार्यालय सँगै अति उपयुक्त भएको आवश्यक परे सुनखानिको वडा भवनको जग्गा पनि सँगै एकै ठाँउमा जग्गा दाँता सँगै रहेको २ रोपनि १० आना भन्दा माथि पनि थप गर्न सकिने वडा अध्यक्ष जाल बहादुर लामाले बताउनु भयो।
केही समय अगाडि पुर्व वडा अध्यक्ष कृष्ण बहादुर खड्काको सम्योजनमा जग्गा व्यवस्थापन समिति नै गठन गरेर अभियान सुरू गरिएको सुनखानिमा पालिका ल्याउन सबै राजनितीक दलहरू एक रहेको सुनकोशी ५ का काँग्रेस ईकाई सभापति कुमार बस्नेतले बताउनु भयो।
स्थानिय चुनावमा सुनखानि नै बिच हो पालिका भवन सुनखानिमा नै बनाउने भनी पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले सुनखानि बासिलाई आश्वासन समेत दिनु भएको थियो भने अरू उम्मेदवारहरूले पनि सुनखानि नै सेन्टर भएको सबैले मिलेर सुनखानि बनाउन पर्छ भनी हामिलाई आश्वासन दिएका छन् जुनसुकै आधारमा पनि सुनखानि बिच परेको सुनकोशीका ७ वडाकै जानकारहरूको र स्थानियहरूको भनाई छ।
