Breaking
Tue. Feb 10th, 2026

आत्मनिर्भर सहकारी संस्थाको २६ औ वार्षिकोत्सव सम्पन्न अध्यक्षमा योन्जन निर्विरोध 

सुनकोशी समाचार

सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिकोत्सव तथा १० औ अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । साधारण सभाको अवसरमा सुनकोशी गाउँपालिकाको सहयोगमा वडा कार्यालय र सहकारीको प्रागंनमा निर्माण गरिएको सभा मञ्चको अध्यक्ष तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो। साधारण सभाको अवसरमा उत्कृष्ट सञ्चालक,बचतकर्ता र शेयर सदस्यहरुलाई सहकारीले गाउँपालिका अध्यक्ष तिमल्सिनाको हातबाट सम्मान गरेको थियो ।

साधारणसभामा गाउँपालिका अध्यक्ष तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा पनि सहकारीको शेयर सदस्य बन्नु भएको थियो । २६ औ साधारण सभा तथा १० औ अधिवेशनबाट मिम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वीरोध निर्वाचीत भएको छ । सहकारीको वरिष्ठ उपाध्यक्षमा अञ्जु थापा,उपाध्यक्ष मधुराम कार्की,सचिव दिनेश थापा,कोषाध्यक्ष विणा थापा ,भण्डारी,सह–सचिव सुनिता नेपाली निर्वाचीत हुनु भएको छ । त्यस्तै सदस्यहरुमा अमृतकुमार कार्की,रमा कार्की, सीता सुवेदी, सानुकाजी थापा सदस्यमा निर्वाचीत भएका छन् ।

त्यस्तै राजु घतानी लेखा सुपरीवेक्षण समिति संयोजक,रेणुका खडका सदस्य र दिनेश रोक्का निर्वाचीत हुनु भएको छ । कर्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले सहकारीसँग आफुहरु सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष  कान्छी लामाले सहकारीले शेयर सदस्यहरुका लागि राम्रो काम गरिरहेको बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी,वडाध्यक्षहरु चक्रबहादुर बस्नेत,जालबहादुर लामा, जिल्ला बचत संघका कोषाध्यक्ष रामहरी खड्का,प्रेमलाल लामा लगायतको उपस्थिति रहेको थियो ।

 

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *