Breaking
Wed. Dec 10th, 2025

लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

सुनकोशी समाचार

दाङ, २१ पुस ।लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो संघका केन्द्रिय सदस्यहरु श्रीमान थापा र हेमन्त डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताउनु भएको छ । तेक्वान्दो संघलाई स्थानीय तहसंग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

साधारण सभमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभमगिता रहेको छ । त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ ।

तेक्वान्दो एउटा खेल मात्र नभएर शरिरलाई स्वस्थ बनाउने माध्यम भएकाले खेलकुद प्रति बालबालिकाको रुचि बढाउन जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिनील केसीले गर्नु भएको हो ।

कार्यक्रममा दांङ जिल्ला गडुवा तेक्वान्दो डोजाङकी राष्ट्रिय खेलाडी बसन्ति चौधरीको दिदी राज कुमारी चौधरी मृगौला पिडित,वाथ रोगी भई खर्च अभावमा हुनु भएकोले उहालाई थोरै भए पनि सहयोग पुगोस भनी तेक्वान्दो संग सिन्धुपाल्चोक जिल्ला अध्यक्ष प्रेम भण्डारीले ब्यक्तिगत रू ५,०००/ सहयोग गर्नु भएको छ।उहाँ  पुर्व र पश्चिमी जिल्लाहरू तेक्वान्दो संघका प्रतिनिधि भेटघाट गर्ने सिलसिलामा शनिबार दाङ तुलसीपुर पुग्नु भएको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *