कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक, वैशाख १६ — कफि सहकारी संघको आयोजनामा बागमति प्रदश कृषि तथा पसुपन्छी मन्त्रालयको समुदाएमा आधारित एक वडा – एक कृषि उत्पादनको अवधारणा अनुसार कृषि विकास कार्यलय धुलिखेल र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका–१० को समन्वयमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कफिको बिरुवा रोपण, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ गरिएको थियो।
कार्यक्रमको अध्यक्षता कफि संघका अध्यक्ष मन्दु थापाले गरेका थिहईन। कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरल सहयात्री, विशेष अतिथि बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वो (तामाङ), कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख पदमप्रसाद नेपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रदेश सांसद सरल सहयात्रीले कफि खेतीले गाउँमा रोजगारी सिर्जना गर्दै युवालाई देशमै राख्न सकिने विश्वास व्यक्त गरे। “हामी कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणतर्फ लाग्नुपर्छ उहाले भन्नु भयो कफिजस्ता उच्च मूल्यका बालीले गाउँको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ। उहाँले प्रदेश सरकारबाट आवश्यक नीति, कार्यक्रम तथा बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले किसानलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको उल्लेख गर्दै कृषि सामग्री वितरण मात्र नभई नियमित प्राविधिक सहयोग पनि सुनिश्चित गरिने जानकारी दिनु भयो। हामी किसानसँग सहकार्य गर्दै, आवश्यक तालिम, सल्लाह र प्रविधिमा पहुँच पुर्याउन कटिबद्ध छौं दवाडीले बताउनु भयो।
बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वोले कफि उत्पादनको सम्भावना उच्च भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आवश्यक रहेको समुदायमा आधारित एक वडा एक कृषि उत्पादनको अवधारणा अनुसार यस वडामा पन्च वर्षे योजना सुरू गरीएको बताउनु भयो। प्रदेश सरकार स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छ। उहाँले भनिन् कफिको गुणस्तर सुधार, बजार व्यवस्थापन र निर्यातसम्मका चरणमा साथय दिन तयार छौं।
कार्यक्रममा स्थानिय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभापति मन्दु थापाले कार्यक्रमको समापन गर्दै सहभागी सबैप्रति आभार प्रकट गरे। उनले कफि खेतीलाई दीर्घकालीन आयआर्जनको श्रोत बनाउन सहकार्य र निरन्तर प्रयासको आवश्यकता बताउदै कार्यक्रम समापन गर्नु भएको थियो।
