Breaking
Sat. Jan 17th, 2026

पहिरोबाट मृत्यु भएका परिवारलाई लिसंखुपाखरले आर्थिक सहयोग गर्ने

असोज १२ गते आएको पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने लिसंखुपाखर गाउँपालिकाले निर्णय गरेको छ । आज बिहान गाउँपालिकाको कार्यालयमा बसेको गाउँकार्यपालिकाको बैठकले बर्षाका कारण बाढीले घर पुरिएर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
पालिकाको वडा नम्बर ३ का २ बस्तीमा पहिरोले घर पुरिँदा पुर्ब वडाध्यक्ष समेत रहेका काजी बहादुर लामा र उहाँका श्रीमति सुन्तलि तामाङ, स्थानीय शिक्षिका तिर्सना मोक्तान र उनका एक छोरा र एक छोरीको मृत्यु भएको थियो । उनीहरुका परिवारलाई मृतक संख्याको आधारमा एक–एक लाख रुपैया राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरिएको

गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए । यसअघि संघ सरकारबाट प्रतिपरिवार २ लाख र प्रदेश सरकारबाट १–१ लाख रुपैँया रकम मृतकका परिवारलाई दिइएको छ ।

त्यसैगरी, गाउँकार्यपालिका बैठकले स्थानीय मिकमार दोर्जे तामाङको पहिरोमा पुरिएर मरेका हलगोरुको क्षतिपुर्ति स्वरुप १५–१५ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, विपद्बाट प्रभावित बिद्यालयहरु धर्मोदयमावि, घिच्चेत उसिधुम मावि, शान्ति उदय आबि र लिसंखु स्वास्थ्य चौकीको क्षतिको बिवरण सम्बन्धित निकायमा पठाएर राहतका लागि अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।

दशैैँको समय भएकाले तत्काल पहिरोले रोकिएका पालिकाभित्रका सडक सञ्चालनका लागि पालिकाले पहल गरिरहेको अध्यक्ष लामाको भनाई छ । त्यसका लागि गाउँपालिका अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले डोजर लगायत आवस्यक सामाग्रि र समन्वयका लागि काम गर्ने भएको छ । यस्तै, पालिकाभित्र बाढि पहिरोले क्षति पुर्याएका ब्यक्तिका घर तथा गोठहरु र कृषिबालीको प्रारम्भिक विवरण संकलन गरि संघमा पठाइएको पालिका अध्यक्ष लामाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष लामासहित अन्य जनप्रतिनिधिहरु, कर्मचारी तथा स्थानीय समाजसेवीहरु विपद् लगत्तै राहत र उद्धारमा खटिएका थिए । पालिकाले पिडित परिवारको घाउमा मल्हम लगाउन भन्दै विपद्को छोटो अवधिमै राहत रकम दिने निर्णय गरेको छ ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *