Breaking
Tue. Feb 10th, 2026

हिराहरि तेक्वान्दो डोजाङमा सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

सुनकोशी समाचार
चौतारा (सिन्धुपाल्चोक) – नेपाल तेक्वान्दो संघको वार्षिक कार्यतालिका अनुसार सिन्धुपाल्चोक जिल्लास्थित हिराहरि तेक्वान्दो डोजाङ, चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा आयोजित उक्त कार्यक्रममा सिनियर खेलाडीहरूको सहभागितामा प्रथम डान कालो पेटी तथा दोस्रो डान कालो पेटीको ग्रेडिङ परीक्षा सञ्चालन गरिएको थियो। कार्यक्रममा अभिभावक तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ग्रेडिङ परीक्षामा रातो–कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुने खेलाडीहरूमा समृद्धि खड्का, कृजन दंगाल, रोशन कपाली, साहास तामाङ, सचिन तामाङ, सलिना चुहान, आशिष तामाङ, रेहान श्रेष्ठ र दिप्सन घले रहेका छन्।
त्यस्तै, प्रथम डान कालो पेटीबाट दोस्रो डान कालो पेटीमा उतिर्ण हुन सफल खेलाडीहरूमा विजय तामाङ, अनमोल कार्की, कुशल ढुंगाना, माधव विक, विजय श्रेष्ठ र निभा श्रेष्ठ रहेका छन्।

सिनियर ग्रेडिङ परीक्षामा उतिर्ण सम्पूर्ण खेलाडीहरूलाई सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष तथा हिराहरि तेक्वान्दो डोजाङका प्रमुख रमेश गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। ग्रेडिङ परीक्षा प्रमुख गुरुङ स्वयंले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमले जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको मनोबल अभिवृद्धि तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *