Breaking
Fri. Jan 16th, 2026

जिल्ला ट्राफिक कार्यालयले चालकलाई मापासे सहित लापासे परिक्षण सुरू

सुनकोशी समाचार

सिन्धुपाल्चोक अधेरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका निमित्त श्रावण ३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोक र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनका चालकहरूकाे लागु पदार्थ तथा मादक पदार्थ सेवन परीक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काको प्रमुख अतिथ्यमा एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवं स्थानीय जनप्रतिनिधि , पत्रकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।

मापासे तथा लापासे चालकहरूमा परिक्षण गर्दा राम्रो हुने र दुर्घटना समेत कम हुने हुदा हप्तामा कम्तिमा २ दिन गराउनु पर्ने यात्रु र चालक समेतले राम्रो काम भएको बताएका छन्।
उक्त परीक्षण कार्यक्रममा १५ जना विभिन्न सवारी साधनका चालकहरू को परीक्षण गर्दा दुईजना सवारी चालकले लागू पदार्थ सेवन गरेको र दुई जना सवारी चालकले मादक पदार्थ सेवन गरेको फेला परेको हुँदा कानुन बमोजिम कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोक पठाएयो जिल्ला ट्राफिक प्रमुख गोपिराम भण्डारीले बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *