Breaking
Tue. Apr 21st, 2026

नगर प्रमुख बस्नेतबाट बिरामि भट्टराईलाई ८ लाख ८८ हजार हस्तान्तरण

कुमार बस्नेत (अधिराज )
जेष्ठ ३० गते बुधबार ।।सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न ४ निवासी बिगत लामो समय देखि दमका बिरामी हुनुभएको भुवन प्रसाद भट्टराईलाई नगद बापत रु ८,८८०००। (आठ लाख अठासि हजार) नगर प्रमुख बालकृष्ण बस्नेतले सहयोग हस्तान्तरण गर्नु भएको छ।

भट्टराई २०४५ साल देखि बाह्रबिसे गा बि स हुँदै नगरपालिका सम्म आइपुग्दा ३२ बर्ष कार्यालय सहयोगीको रूपमा सेवा गर्नु भएको हुनाले उहाँलाई सहयोग तथा कर्मचारी सेवा भत्ता बापत रु ८ लाख रुपैयाँ बराबरको चेक नगर प्रमुख बालकृष्ण बस्नेतले बुधबार उहाँकै निवासमा गएर हस्तान्तरण गर्नु भएको छ।
बस्नेतले बिगतका दिनहरूमा पनि दिन दुखी गरिव बेसाहाराहरूको सहयोग गर्दै आउनु भएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *