Breaking
Mon. Apr 20th, 2026

सुनकोशी गाँउपालिकाको डोजर २ महिना देखि अलपत्र: बनेन सुनखानिको सडक

सुनकोशी समाचार

फागुन ६ गते।।सुनखानि।। सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाको Excavator मेसिन ( डोजर)सडक बिस्तार गर्ने क्रममा  रतनकोट ठोस्नेरीमा करिब  २ महिना अगाडि देखि (रेडिवाटर) भन्ने सामान बिग्रीएर अलपत्र परेर बसेको छ।  स्थानीय सरकार प्रमुख टपिन्द्रप्रसाद तिमिल्सिना , प्रशासकीय प्रमुख मोहन कुमार श्रेष्ठ र जनप्रतिनिधिहरुलाई  स्थानीय बासिन्दाले पटकपटक गुनासो व्यक्त गर्दा पनि हाल सम्म  मेसिन बनाएको छैन,अहिले स्थानीय सरकार गैर जिम्मेवार र बेवास्ता  बनेको जन गुनासो छ।

बर्षायाम सुरु हुन केही महिना बाकी भएकोले समयमानै सडक कट्टिङको काम सम्पन्न नभए सुनखानिको भौगोलिक अबस्थाका कारण स्थानीय  बासिन्दाले पहिरोको जोखिम मोल्नुपर्ने हुन्छ।

त्यसैले सम्बन्धित स्थानीय सुनकोशी सरकारको ध्यानाकर्षण होस भन्ने स्थानियको धाराना छ ।सँधै वर्षायाममा सडकको काम गर्दा पहिरो को जोखिम अति हुने असार,साउन,भदौको वर्षे झरिको कारण दशै अगाडि स्थानिय सडकहरूमा कुनै वर्ष गाडि नचल्ने स्थानिय बताउछन्।

हिउँद भरि बिदामा बस्ने कहिले तेल पास नहुने कहिले मेसिनको सामान बिग्रेर काम नहुने भएको हुँदा सुनकोशीका सडक कहिलेही स्थर उन्नति नभएको जानकाहरू जनाउछन्।

उक्त बिषयमा सुनकोशी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठकलाई कल गर्दा नउठे पछि पालिकाका सम्बन्धित कर्मचारीसँग बुझ्दा बन्दै छ।चाँडै बन्छ।भन्ने भन्दा कुनै प्रतिक्रिया पाउन सकेनौं ।।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *