Breaking
Sun. Nov 22nd, 2026

रसुवा बाढीपीडित परिवारका बालबालिकालाई दक्षिण कोरिया नेपाल सम्पर्क समाजको आर्थिक सहयोग

सुनकोशी समाचार

सिन्धुपाल्चोक । रसुवा बाढीमा परी ज्यान गुमाएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का मृतकका परिवारलाई दक्षिण कोरिया नेपाल सम्पर्क समाजले आर्थिक सहयोग प्रदान गरेको छ।
दक्षिण कोरियामा रहेका समाजका कोषाध्यक्ष बेदनाथ आचार्यको नेतृत्वमा तथा बलेफी गाउँपालिका–६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीको समन्वयमा पीडित परिवारलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको हो।

सहयोग प्राप्त गर्नेमा मृतक सन्चमान तामाङकी श्रीमती माइली तामाङ, मृतक भुवन कोइरालाको परिवारबाट मिना पराजुली र मृतक सुभाष तामाङकी श्रीमती योगमाया तामाङ रहेका छन्।

विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले समाजले आर्थिक सहयोग उपलब्ध गराएको वडा अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए।

विपद्को पीडामा रहेका परिवारलाई प्रवासमा रहेर पनि सम्झँदै सहयोग गरेकोमा दक्षिण कोरिया नेपाल सम्पर्क समाजप्रति वडा अध्यक्ष पराजुलीले आभार व्यक्त गरेका छन्। यस किसिमको सहयोगले पीडित परिवारलाई कठिन परिस्थितिमा ठूलो हौसला मिल्ने विश्वास गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *