Breaking
Tue. Oct 21st, 2025

मेरो घर जलेको खरानिको टीका लागाए र सिन्धुपाल्चोकबाट सैयौ,मोहन जन्माउछु:पुर्व मन्त्री बस्नेत

सुनकोशी समाचार
कुमार बस्नेत(अधिराज)

बाह्रबिसे, सिन्धुपाल्चोक — नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले शनिबार बाह्रबिसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस नेता मोहन बहादुर बस्नेत प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति एवं बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले गर्नुभयो।

कार्यक्रममा क्षेत्र नं. १ भित्रका सम्पूर्ण कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पूर्वमन्त्री बस्नेतले कार्यक्रममा जेनजी आन्दोलनको क्रममा भएको दमनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुहुँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल प्रहरीको गोलीले मात्रै होइन, अन्यत्रबाट पनि गोली चलेको देखिन्छ। बच्चा कहाँबाट आएको गोलीले मरे, सरकारले यथार्थ पत्ता लगाउनैपर्छ। छानबिन निष्पक्ष हुनुपर्छ र दोषीलाई उपयुक्त सजाय दिन सक्नुपर्छ, मेरो घर जलेको खरानिको टीका लागाए र सिन्धुपाल्चोकबाट सैयौ,मोहन जन्माउछु उहाँले भन्नुभयो।

बस्नेतले जेनजी आन्दोलनको मूल मागहरूलाई सकारात्मक भन्दै त्यस क्रममा बाह्य शक्तिको घुसपैठ भएको आशंका पनि व्यक्त गर्नुभयो।

“आन्दोलनमा मेरो घर जलाइयो, तर त्यसले मेरो काममा कुनै असर पार्दैन। अब झन प्रभावकारी र सक्रिय रुपमा कांग्रेसको काम अघि बढाउँछु,मेरो घर जलेको खरानिको टीका लागाए र सिन्धुपाल्चोकबाट सैयौ,मोहन जन्माउछु उहाँले दृढतापूर्वक भन्नुभयो।

बस्नेतले संसद भवनअगाडि गोली चलाएको दृश्य एम्बुलेन्सबाट आएका व्यक्तिहरूबाट समेत देखिएको दाबी गर्दै आन्दोलनको नाममा भएको अशान्तिको गम्भीर छानबिनको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीको संगठन सुदृढ बनाउँदै आगामी निर्वाचनका लागि कांग्रेस बलियो विकल्पका रूपमा प्रस्तुत हुने स्पष्ट संकेत दिनुभयो।

“संगठन बलियो बनाएर मात्र लोकतन्त्र जोगिन्छ। हामी कांग्रेसको आदर्शलाई गाउँ-गाउँमा पुर्‍याउन तत्पर छौं,” सभापति बस्नेतले भन्नुभयो।

कार्यक्रमले कांग्रेस नेता-कार्यकर्ताबीचको समन्वय र ऐक्यबद्धतालाई बलियो बनाएको सहभागीहरूले बताएका छन्।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *