Breaking
Tue. Oct 21st, 2025

सिन्धुपाल्चोकमा नेपाल तेक्वान्दो संघको पाँचौं जिल्ला अधिवेशन सम्पन्न, रामचन्द्र कार्की नयाँ अध्यक्ष चयन

सुनकोशी समाचार

सिन्धुपाल्चोक , असोज ३ — नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको पाँचौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सुकुटेमा आयोजित अधिवेशनले सर्वसम्मत निर्णयमार्फत रामचन्द्र कार्कीलाई जिल्ला अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

कार्यसमितिको नयाँ संरचना अनुसार उपाध्यक्षमा रमेश गुरुङ, सचिव माधव बि.क,कोषाध्यक्षमा नकुन नेपाल चयन भएका छन् भने सदस्यहरूमा प्रेमबहादुर भण्डारी, कुमार बस्नेत, नरेन्द्र खड्का, र इश्वर भण्डारी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दुर्गामान तामाङले निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा गर्नुभयो।

अधिवेशनको प्रमुख अतिथिको रूपमा उपस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले तेक्वान्दोजस्तो अनुशासित खेलको विकासले युवाहरूलाई सशक्त बनाउने बताउदै।
खेलकुद केवल शारीरिक अभ्यास मात्र होइन, अनुशासन र नेतृत्व विकासको माध्यम हो। तेक्वान्दो संघले जिल्लामा गरेका कार्यहरू प्रेरणादायी रहेको उहाँले भन्नु भयो।

विशेष अतिथि खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले जिल्ला खेल क्षेत्रमा तेक्वान्दो संघको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर आगामी दिनमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने धारणा राख्दै।खेलकुदको विकासका लागि पूर्वाधार, प्रशिक्षक र निरन्तर तालिमको आवश्यकता छ, यसमा हामी एकसाथ लाग्न तयार रहेको दंगालले बताउनु भयो।

अर्का विशेष अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै संघको नीति, रणनीति र कार्यदिशासँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता औंल्याउदै।स्थानीय तहको सक्रियता नै केन्द्रीय तहमा प्रभाव पार्ने मुख्य आधार हो। सिन्धुपाल्चोकले देखाएको प्रतिबद्धता प्रशंसनीय छ,डाँगीले बताउनु भयो।

यसअघि निवर्तमान अध्यक्ष प्रेमबहादुर भण्डारीले आफ्नो कार्यकालमा सम्पन्न तीनवटा राष्ट्रिय प्रतियोगिताको स्मरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो। संघको स्थापना २०५४ सालमा संघर्षपूर्ण परिस्थितिमा भएको स्मरण गर्दै उहाँले अबको नेतृत्वले उपलब्धिहरूलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको” धारणा व्यक्त गर्नु भयो।

यसैबीच, नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष भण्डारीलाई संघको केन्द्रीय प्रतिनिधिमा तोकेको छ भने सदस्य कुमार बस्नेतलाई जिल्ला प्रवक्ताको जिम्मेवारी दिइएको संघका नवनिर्वाचित अध्यक्ष कार्किले जानकारी दिनु भएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *