सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
काठमाडौं, भदौ २८ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफू र आफ्नो परिवार लक्षित भएर योजनाबद्ध रूपमा आक्रमण गरिएको गम्भीर आरोप लगाउनु भएको छ। उहाँले जेनजी आन्दोलनको आवरणमा माओवादी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्ना दुई निवासमा आगजनी गरेको दाबी गर्नु भएको हो।
आइतबार बालकोटस्थित आफ्नो निवासमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै बस्नेतले भदौ २३ गतेको प्रदर्शन हिंसात्मक मोडमा जानुमा सुनियोजित घुसपैठको भूमिका रहेको बताउनु भयो। जेनजी आन्दोलन अहिले मुल मुद्दाबाट धेरै पर गएको छ।
उनले भने, आन्दोलनमा माओवादी, राप्रपा र रास्वपा जस्ता दलका कार्यकर्ताहरूको संलग्नता सिसिटिभी फुटेजमार्फत देखिएको छ।
बस्नेतले तीनकुने र बालकोटस्थित आफ्नो दुबै निवासमा आगजनी हुँदा माओवादी कार्यकर्ता अग्रपङ्तिमा देखिएको उल्लेख गर्नु भयो। उहाँले रास्वपाको भूमिकामाथि पनि प्रश्न उठाउँदै भन्न भयो, रास्वपा पनि यसमा चोखो छैन। स्वदेशीमात्र हैन, विदेशी अनुहारहरू पनि देखिएका छन्।
देशमा प्रजातान्त्रिक मूल्य र प्रणालीमाथि हमला भइरहेको आरोप लगाउँदै उहाँले चुनौतीको घडीमा डराएर नबस्ने बताए। धेरैले मलाई नबोल्न सुझाव दिएका छन्, तर सत्य बोलेर देश बचाउने हो भने म चुप लाग्दिन, बस्नेतले जोड दिनुभयो।
उहाँले आफ्नो निवास बालकोट,तिनकुने,पार्टी कार्यालय सानेपा,देउवा निवास बुढानिलकण्ठ ,दिपक खड्काको घर समेत अवलोकन गर्नुनु भएको छ।
घटनापछि बस्नेतलाई भेट्न कांग्रेस सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ताहरू बालकोट पुगेका थिए। आगजनी प्रकरणबारे छानबिन तथा दोषीको पहिचानका लागि दबाब दिनुपर्ने भन्दै उनीहरूले पार्टी नेतृत्वसँग पनि सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
यो घटनाले जेनजी आन्दोलनको वैधता र त्यसमा संलग्न पक्षहरूको उद्देश्यबारे गम्भीर प्रश्न उठाएको छ। सुरक्षा निकायहरूले हाल घटनाको अनुसन्धान जारी राखेको जनाइएको छ।